देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा १ हजार ४९० जनामा काेराेना सङ्क्रमण, थप ९ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ । बुधबार थप एक चार सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आठ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक चार सय ९० जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय ६७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १६ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ९ जना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार पाँच सय ३८ पुगेको छ ।