देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरुको जग्गा सांसदको नाममा !

देशान्तर

अंशबन्डाको मुद्दा जिल्ला अदालत सर्लाहीले आफ्नै निर्णय सच्याउन पहल थालेको छ ।

निर्णय गलत भएको निवेदन परेपछि अदालतले भुक्किएर गरिएको भन्दै सच्याउन तयारी थालेको हो ।

विपक्षीले भने सर्लाहीकका प्रदेश सांसद सञ्जय यादवले अदालतलाई प्रभावमा पारेर अरुको जग्गा आफ्नो नाममा ल्याएको आरोप लगाएका हुन् ।

अदालतले गत असोज १३ गते चलन पूर्जी जारी गर्दै बोधार्थमा जिल्ला मालपोत कार्यलयलाई कविलास नगरपालिका १० का राजकली देवी यादव, राजनारायाण राय यादव, र सञ्जयकुमार यादवका नाममा संयुक्त दाखिला खारेज गर्न आदेश दिएको थियो ।

पीडित पक्षले निर्णय गलत भएको भन्दै निवेदन दिएपछि जिल्ला अदालतले मंसिर १२ गते मालपोत कार्यलयलाई दाखिला खारेज दर्ताको चलन पूर्जी अनुसारको जग्गा यथास्थितिमा राखी सोको जानकारी अदालतमा पठाउन आदेश गरेको छ ।

अदालतमा जालसाजी गरेर सञ्जयले सम्पुर्ण जग्गा आफ्नो नाममा गराएको भन्दै पीडितले निवेदन दिएका छन् ।

प्रदेश सांसद सञ्जयले अदाललाई आफ्नो वशमा पारेर सम्पूर्ण जग्गा आफ्नो नाममा पार्न खोजेको पीडितको आरोप छ । कान्तिपुर दैनिकमा खबर छ ।