देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता

देशान्तर

काठमाण्डौ – नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्री एंव चिनियाँ स्टेट काउन्सिलरले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यस अघि चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । उनले सेनाले दिएको सम्मान गारद ग्रहण गरे । चीनका रक्षामन्त्री वेइ फेङहेले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटवार्ता गर्ने छन् । बिहान १० बजे काठमाण्डौ आएका उनी आजै स्वदेश फर्किने छन् ।