देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर १२५५ जनामा कोरोना संक्रमण, थप २५ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ४ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको छ । आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।