देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चरा ठोक्किएपछि बाग्लुङबाट उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

देशान्तर

काठमाडौं । बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेजको उक्त हेलिकप्टर नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चालको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य छ ।

कैलाश हेलिकप्‍टर सर्भिसेजका अपरेसन चिफ श्रीहरि कुइँकेलका अनुसार हेलिकप्टरका क्याप्टेनसहित ६ जना सवार थिए ।

घटनास्थलमा प्रहरी टोली पुग्दैछ । ​हेलिकप्टरको अगाडिको शिशा फुटेको छ ।