देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरीमा गोली चलाएकोबारे छानबिन गर्न समिति गठन

देशान्तर

काठमाडौं – महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

मन्त्रालयले गुलाब खातुन र न्यौपानेको परिरवारलाई राहत तथा क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको बताएको छ । मन्त्रालयले बालिका हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ ।