देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा १२ को फिजिक्सको परीक्षा रद्द नभएको परीक्षा बोर्डको स्पष्टोक्ति

देशान्तर

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को फिजिक्स विषयको परीक्षा रद्द नभएको स्पष्ट गरेको छ । बोर्डले मंसिर ११ गते संचालित फिजिक्स विषयको परीक्षा रद्द गरेको भन्ने समाचार प्रकाशित भएकोमा बोर्डको ध्यानाकर्षण भएको भन्दै त्यसमा सत्यता नभएको बताएको छ ।

परीक्षामा अमर्यादित गतिविधि सार्वजनिक भएपछि परीक्षा रद्द गरेको भन्दै विभिन्न मिडिया र सामाजिक संजालमा भ्रम फैलाइएको थियो । बिहीबार संचालित परीक्षा रद्द भएपछि यो विषयको परीक्षा मंसिर १७ गते हुने भएको छ । परीक्षा बोर्डले भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा परीक्षा रद्द भएको भन्दै प्रचार गरिएको थियो । 

कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समय परीक्षा स्थगित भएको परीक्षा मंसिर ९ गतेदेखि संचालन भएको हो । एक सय पूर्णाङ्कको परीक्षा दिने विद्यार्थीहरुले यस पटक ४० पूर्णाङ्कको मात्र परीक्षा दिनेछन् भने बाँकी रहेको ६० पूर्णाङ्कको भने आन्तरिक मूल्याङ्कन गरिने बोर्डले व्यवस्था गरेको छ ।