देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा कुँवर

देशान्तर

काठमाडौँ – नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो ।

नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।