देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र भारत परराष्ट्र सचिवस्तरीय वार्ता सम्पन्न

देशान्तर

काठमाडौं – नेपाल र भारत परराष्ट्र सचिवस्तरीय दुईपक्षीय वार्ता सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाबीच दुईपक्षीय भेटवार्ता भएको हो । वार्तामा दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको भारतीय विदेश सचिव श्रींगलाले मिडियालाई जानकारी दिएका छन् ।

उनले दुवै देशबीच छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिस्तारिय छलफल अघि दुवै सचिवबीच वान टु वान भेटवार्ता समेत भएको थियो । परराष्ट्र मन्त्रालयले पनि दुई देशबीच सौहार्दपूर्ण रुपमा छलफल भएको जानकारी दिएको छ । भारतीय विदेश सचिव श्रींगलाले नेपालको दुई दिने भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् ।