देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरको बागडोलबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

देशान्तर

काठमाडौं । ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । सरकाद्वारा प्रतिबन्धित विप्लव समूहका दुईजना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले गएराति पक्राउ गरेको हो ।

दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भइ हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भइ हाल बागडोल बस्ने ४१ वर्षीय प्रेमबहादुर दर्नाललाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।