देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुर्व देशान्तरकर्मी पत्रकार गोकर्ण गौमतको मृत्यु

देशान्तर

काठमाडौँ – पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका पत्रकार गौतमको आज बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।

टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो ।

पत्रकारितामा स्नातकोत्तर गरेको मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए ।

उनका श्रीमती, आमाबुवा र तीन दाइ छन् । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने बताइएको छ ।