देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आली–प्रचण्ड टकराब झन तीव्र

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को आन्तरिक किचलो यतिसम्म अगाडि बढेको छ कि हेर्दा लाग्छ कुनै पनि बेला पार्टी फुट्न सक्छ। तर पार्टी फुटाएर कसैलाई पनि फाइदा नहुने देखिएपछि पधानमन्त्री एवं पार्टी  अध्यक्ष केपी शर्र्मा ओली इतरको पक्ष मेलमिलापकै नीतिमार्फत अगाडि बढ्न खोजिरहेको छ।

नेकपाका कुनै पनि नेताले पार्टी फुट्ने भन्दैनन्। तर भित्रभित्रै उनीहरुको मनमोकचलिरहे को छ भन्ने उनीहरुको व्यवहार बाट स्पष्ट देखिँदै आएको छ। ओलीले गरेकोे अतिवादको परिणाम स्वरुप अहिले नकपा धरमरमा रहेको स्वयं नेकपाकै नेताहरु बताउँछन्। ओली पक्षका इमानदार नेताहरु समेत पनि ओलीको पवृत्ति देखि वाक्क छन्।

ओली आफूले जे बोले त्यो नै सत्य हो भन्नतिर गइरहेका छन्। आफूलाई जे लाग्छ त्यो मात्रै सत्य हो भन्नेतिर जाँदा नै अहिले मुलुकको सबैभन्दा ठूलो पार्टीको स्थिति निकै कमजोर मोडमा पुगेको छ। ‘विन विन’ स्थितिमा लजानका लागि भन्दै गत भदौमा स्थायी कमिटी बैठकको निर्णय सबैले मान्नुपर्ने भनी उर्दी जारी गरियो।

ओलीले सरकार संचालन गर्दा सचिवालयबाट प्राप्त सुझाव मान्ने र प्रचण्डले पार्टी संचालन गर्दा पनि सचिवालयका सझाव मान्नु निर्णय भएकोे थियो। तर ओलीले बिना कुनै छलफल मन्त्रिमण्डल हेरफेरदेखि लिएर राजदूत सिफारिस र मख्यसचिव नियुक्ति गर्ने काम गरे। ओली पक्षले यो त प्रधानमन्त्रीको अधिकारको कुरो भन्दै आएको छ । तर त्यो अधिकार पनि पार्टीबाटै निर्देशित हुनुपर्ने भन्ने निर्णय उनीहरुले भुले।

यता प्रचण्ड पक्ष पनि पाटी एकताका प्रक्रिया पूरा गर्नुको साटो नियुक्तिमै अल्झिरहेको छ। गल्ती दुवैतर्फ भए पनि ओली दुवैतर्फका प्रमुख हुन्। उनैले गरेको बलमिच्याइँले गर्दा नै पार्टी गम्भीर मोडमा पुगेको बामपन्थी विश्लेषकहरुको निचोड छ ।

ओलीले समय समयमा आफूलाई हटाउन खे ल भइरहेको भनिरहने, निर्वाचन आयागमा पुरानो एमाले दर्ता गर्न लगाउने, मदन भण्डारीका नीति जनताको बहुदलीय जनवादलाई पनि आधार बनाएर संगठित  हुन निर्देशन दिने (केही दिनअघि प्रदेश १ का मख्यमन्त्रीसमेतको जुम बैठठममा दिएको निर्देशन),  संघयता विरोधी केन्द्रमा बहस चलाउने, कर्णाली प्रदेश सरकारमाथि हस्तक्षेप गर्ने, पर्सामा आफ्ना पक्षका नेतालाई हत्या आरोपमा गिरफ्तार नगर्न प्रहरी प्रशासनलाई दबाव दिने लगायतका काम गरिरहँदा इतर पक्ष असन्तुष्ट बन्द गएको आजको जनभावना साप्ताहिकले खबर लेखेको छ।