November 29, 2020, Sunday
२०७७ मंसिर १५
ताजा अपडेट
ताजा अपडेट ×

विदेशमा अब अलपत्र नेपाली नभएको सीसीएमसीको ठहर, उद्धार उडान बन्द

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

Advertisement

विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरुले लगभग उद्धार सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन् । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनु पर्ने सीसीएमसीको निर्णय छ ।

यस्तै सीमा नाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका खुल्ला गर्ने निर्णय पनि गरिएको छ । यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares