देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा रमेश लेखक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा बनाउने सहमति भएको छ । आइतबार शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा यस्तो सहमति भएको हो ।

यसअघि समितिको संयोजक नरहरि आचार्यलाई बनाउने छलफल भए पनि आचार्यले स्वास्थ्यको कारण देखाउँदै पछि हटेपछि लेखकलाई सो जिम्मेवारी दिइएको हो । आचार्य १३औँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता छानबिन समितिका संयोजक थिए ।

आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ । समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एकजना राख्ने सहमति भएको छ ।