देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

देशान्तर

म्याग्दी – म्याग्दीको रातो पहिरोमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानिबाट सदरमुकाम बेनी तर्फ आउँदै जिप शुक्रबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ ।

पाखापानिबाट बेनी आउने क्रममा बेनी गलेश्वर सडक खण्डको रातो पहिरोमा दुर्घटना हुँदा १० बर्षकी रिया बिकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकोछ । चालकसहित ११ जना चढेको उक्त जिप घुम्ती कटान गर्ने बेलामा अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जिप सडकबाट करीब तिस मिटर तल कालिगण्डकी किनारमा खसेको छ ।