देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफ्नो ६८ औं स्थापना दिवसको अवसरमा तरुण दल द्वारा कोरोना स्वास्थ्य सामग्री हस्तान्तरण

देशान्तर

काठमाडौ । नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले आज कोरोना भाईरस उपचारमा सहयोगको लागि ९४ , ००० थान मास्क, ३० थान पि पि ई सेट र ५२ थान फेस शिल्ड हस्तान्तरण गरेको हो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको अगुवाईमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरसको जोखिम दिन प्रति दिन बढिरहँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गर्दा जोखिमपूर्ण रहेकोले थोरै भएपनि राहत प्रदान गर्न स्वास्थ्य सामग्री प्रदान गरीएको तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले बताए ।

तरुण दलको उक्त कार्यमा स्वास्थ्य सामग्री नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए ।