देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा ६५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

देशान्तर

नेपालगञ्ज – बाँकेमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको संरोतयक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् ।