देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेनाकाे प्रेस व्रिफिङ आइतबार र बुधबार मात्र

देशान्तर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । आज बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा- डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।