देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक जनाको मृत्यु

देशान्तर

विराटनगर – सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियाे। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पुरुषलाई कार्तिक ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।