देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु

देशान्तर

सुनसरी – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या थियो ।

यही कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । यससँगै प्रदेशमा हालसम्म ५२ महिला र १ सय २० जना पुरुष गरि कुल १ सय ७२ जनाको मृत्यु भएको छ ।