देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक दूरी कायम गरी दशैं मनाऔं : राष्ट्रपति भण्डारी

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न सबैसँग आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बडादशैँ २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले कोरोना भाईरसको जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गर्न पनि सबैसँग आग्रह गरेकी हुन् ।

सन्देशमा आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व भएको उल्लेख छ ।

दशैं पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् । टीकाका अवसरमा शितल निवासमा सर्वसाधारणलाई लगाईदिने कार्यक्रम भने यो बर्ष स्थगित गरिएको छ।