देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार जनताको स्वास्थ्य रक्षा गर्ने दायित्वबाट भाग्न मिल्दैन : तरुण दल अध्यक्ष बस्नेत

देशान्तर

नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकार जनताको स्वास्थ्य रक्षा गर्ने दायित्वबाट पछि हटेको निष्कर्ष निकालेको छ । सरकारकै अकर्मण्यताका कारण कोरोना महामारीको भयावह अवस्था आएको बताउँदै सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने दायित्व पनि निर्वाह गर्न नसकेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताएका छन् ।


आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले विज्ञप्तिमा भनेका छन् ‘यस्तो महामारीको बेलामा सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ । यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ ।’

कोरोनाको उपचार व्यक्ति स्वयमले व्यहोर्नु पर्ने सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित रहेको पनि अध्यक्ष बस्नेतले उल्ल्ेख गरेका छन् ।

साथै उनले आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि आग्रह पनि गरेका छन् ।