देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वप्रहरी महानिरीक्षक खरेलले स्थापना गरे ११ लाखको अक्षयकोष

देशान्तर

काठमाडौं । प्रहरीका सन्तानको शिक्षा-दीक्षाका लागि पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ११ लाखको अक्षयकोष स्थापना गरेका छन् । ६५औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले उक्त घोषणा गरेका हुन् ।

खरेलले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गर्ने जवान, हवल्दार, सहायक निरीक्षक तथा नायव निरीक्षकका सन्तानलाई प्रदान गर्ने गरी प्रहरी प्रधान कार्यालयसँग सम्झौता गरेका छन् । यो छात्रवृत्ति अमर प्रहरीका सन्तानको शिक्षाका निम्ति एक छात्रा र एक छात्रलाई जनही ३० हजारका दरले वार्षिक रुपमा छात्रवृत्ति दिइनेछ ।

खरेलले ‘अच्युत-मीना अमर प्रहरी पुरस्कार’ नामको उक्त कोषका लागि आफ्नो मृत्युपरान्त पनि यो छात्रवृत्ति निरन्तर रहने बताएका छन् । माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला प्रहरी महानिरीक्षक बनेका खरेलले ३१ वर्ष प्रहरी सेवामा बिताएका थिए ।