देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामदेवका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण

देशान्तर

काठमाडाैं – नेकपा उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको सुवेदीले जानकारी दिए ।