देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले बालुवाटार बोलाउँदा नेकपा अध्यक्ष दाहाल गएनन्

देशान्तर

काठमाडौँ– कर्णाली प्रदेशको विवादका विषयमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायतका नेता बालुवाटारमा पुगेका छन् ।

तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने बालुवाटार गएका छैनन् । उनले प्रधानमन्त्री ओलीले यसविषयमा छलफल गरेपछि संयुक्त छलफलमा बस्ने भन्दै बालुवाटार नगएको दाहालको सचिवालयले जनाएको छ । दाहालले कर्णालीको विवादका विषयमा यसअघि नै नेताहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध कँडेलको नेतृत्वमा अविश्वसको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएको थियो। गत आइतबार १८ जना सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बिहीबार छलफल गर्नेगरी मंगलबार काठमाडौं बोलाएका थिए। तर, अझैसम्म पनि संयुक्त रुपमा छलफल हुन सकेको छैन।