देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने

देशान्तर

काठमाण्डौ । आजदेखि सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ ।

आजदेखि आउँदो १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ । नियमित तालिकाअनुसार दशैँको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म अदालत बन्द हुने गर्छ ।

तर बिहान ११ देखि दिउँसो ३ बजेसम्म भने अदालत खुला हुने भएका बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भने हुने सर्वोच्चले जनाएको छ ।