देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमितको मृत्यु

देशान्तर

काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै ५६ र ६५ वर्षीय दुई पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष रहेका छन् । मृत्यु हुने दुवै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । अस्पतालले नियामानुसार शवको व्यवस्थापन हुने जानकारी दिएको छ ।