देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

देशान्तर

चितवन – कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१२ का ४९ वर्षीय पुरुष छन् । अस्पतालका अनुसार असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड आईसीयू कक्षमा भर्ना भएका थिए ।

उनी असोज २८ गते कोभिड १९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । क्यान्सरपीडित उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमा भर्ना भएका हुन् । भेन्टिलेटरमा राखेर उपचाररत उनको आज राति १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।