देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी आङ्दम्वेको निधनप्रति दुःख व्यक्त

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका– १ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक वक्तव्य मार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् । स्व आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती, पाँच छोरा र एक छोरी हुन् ।