देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा थपिए १४०९ कोरोना संक्रमित

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३  र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ।