देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलात्कार-हत्या प्रकरणका अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुरामको प्रस्ताव

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कार-हत्या प्रकरणमा अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्न प्रस्ताव गरेका छन् । देशमा बलात्कार र हत्याका घटना बढ्दै गएको र सरकारले अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन नसकेको बेला डाक्टर भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

डा. भट्टराईले राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भएको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डाक्टर भट्टराईले भनेका छन् –

‘राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो  अब यसो गरौं – १. अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही २. अदालतमा छुट्टै बेन्चको स्थापना, ३. अपराधीलाई मृत्युदण्ड !’