देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको कोरोना संक्रमबाट मृत्यु

देशान्तर

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक संक्रमित सोही मेडिकल कलेजमा कार्यरत कर्मचारी हुन्। बाँके जिल्ला कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-९ निवासी ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

भदौ ३१ गते कोरोना पुष्टि भएका उनलाई सोही दिन बेलुका अस्पताल भर्ना  गरिएको  थियो। कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका उनलाई प्लाज्मा थेरापी, रेम्डेसिभिर औषधि समेत चलाइएको थियो। तर फोक्सोमा कडा निमोनिया भएका उनको उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए।