देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिरोका कारण तीन परिवार विस्थापित

देशान्तर

पाँचथर । अविरल वर्षाका कारण गएको पहिराका कारण यहाँका तीन परिवार विस्थापित भएका छन् । आज अपराह्न गएको पहिराले फाल्गुनन्द गाउँपालिका वडा नं २ इम्बुङको वरडाँडा टोलका लालबहादुर तामाङको घर बगाउनाका साथै मैतबहादुर तामाङ र धीरेन्द्र तामाङको घर चर्किएर बस्न नमिल्ने भएपछि ती परिवार विस्थापित भएका हुन् । पहिराले लालबहादुरको घरसहित त्यहाँ रहेका सबै मालसमान पुरेको छ । विस्थापित तीन वटै परिवार छिमेकीकहाँ शरण लिएर बसेका छन् ।

फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिं नेम्वाङका अनुसार पहिराबाट विस्थापित भएकाबाहेक स्थानीयवासी शङ्खरमान तामाङ र जहरमान तामाङको घर समेत उच्च जोखिममा परेका छन् । अहिले प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाले विस्थापितको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।