देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप १३१३ जनालाई कोरोना संक्रमण, २४ घण्टामा ६ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।