देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सक्रिय संक्रमित २५ हजार नाघे पुन : लकडाउन, अहिले कति छन् ?

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाका सक्रियको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरिएको हो ।

इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । बुधबार थप ११७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ ।