देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६६,६३२ पुग्यो

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार एक सय ५४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४८ हजार ६१ पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय ७१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।