देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा आज थप ११ सय ५४ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ सय ५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।

आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घन्टामा ९५३३ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ४२७ पुगेको छ।