देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।

यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।