देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न युएई सरकारसँग आग्रह

देशान्तर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा आज युएईका राजदूत नाब्बीसँग भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयन क्षेत्रमा युएई सरकार र व्यवसायीहरुलाई लगानी गर्न अनुरोध गरे ।

मन्त्री भट्टराईले कोभिड–१९ महामारीका समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहकार्य जारी राख्न आग्रह गरे । राजदूत नाक्बीले काठमाडौँ युएई उडान थप गर्न आग्रह गरेका थिए । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी दिएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।