देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेरिसडाँडामा नेकपाको सचिवालय बैठक सुरु

देशान्तर

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपाको ) सचिवालय बैठक सुरु भएको छ ।

पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्न बैठक बसेको हो । बालुवाटार बाहिर बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो । यसअघिका धेरैजसो बैठक बालुवाटारमा बस्ने गरे पनि पहिलो पटक पेरिसडाँडामा बसेको हो ।