देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई राजेश हमालको आर्थिक सहयोग

देशान्तर

काठमाडौँ । महानायक राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ६ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

प्राविधिक संघले काठमाडौंमा आयोजित गरेको कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको थियो । कार्यक्रममा हमालले आफ्ना हितैषी मित्रहरुसँग सहयोग रकम उठाएर आर्थिक सहयोग गरेको बताए । ‘कोभिड-१९ को परिस्थितिमा प्राविधिक समस्यामा परेको छ भनेर सहयोगको समूह बनाएँ । त्यसमा मेरो नजिकको हितैषीहरुलाई समावेश गरेको हो,’ कार्यक्रममा उनले भने ।

यसबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), ज्योत्सना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ ।

अभिनेता हमालले कोभिड -१९ को परिस्थिति कहाँसम्म जाने हो भन्ने कुराको टुङ्गो नभएको भन्दै सहयोगी हातहरु आइरहनुपर्ने बताए । उनले भने, ‘कहिले आउने, कुनबेला आउने भन्नेले माने राख्दैन । किनकि कोभिड-१९ कहिलेसम्म हामीबीच रहिरहन्छ भन्ने टुङ्गो छैन । असहाय दिदीबहिनी दाजूभाईहरुलाई सक्नेले केही न केही सहयोग गर्नुपर्छ ।’

कोभिड-१९ ले मनोरञ्‍जन क्षेत्रमा असर पारेको पनि उनले बताए । ‘कोभिड-१९ एउटा असामान्य परिस्थिति हो । यस्तो गतिविधि जिउने क्रममा आउँदो रहेछ । त्यसबाट हामी हतोत्साहित हुनुहुन्न,’ उनले भने ।