देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा मृत्यु

देशान्तर

काठमाडौ । सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

कोरोना संक्रमण भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए। हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन्। मिगौला पीडितसहित छ जनाको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।