देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वप्रधानन्यायाधीश सिंहको निधन

देशान्तर

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार साढे सात बजे उनको निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाका कारण उनको निधन भएको हो ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गरेका थिए । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गरेका थिए ।