September 27, 2020, Sunday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५६, ७८८ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। १० हजार ३७५ जनाको आज पिसिआर परीक्षण भएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •