देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराटनगरमा २९ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

विराटनगर – विराटनगर महानगरपालिकामा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितहरुमा १४ महिला र १५ पुरुष रहेका छन्। महानगरपालिका वडा ११ का वडा अध्यक्षसहित २९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए।

कुइकेलका अनुसार वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेमा कोरोना संक्रमणका सामान्य लक्षण देखिएको थियो। उनको सम्पर्कमा रहेका वडाध्यक्षहरुमा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै आज थपिएका अन्य संक्रमितहरु ३ वर्षका बालक र ७२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको कुइकेलले जानकारी दिए।