देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति अमेरिकाद्धारा नेपालका बाढी पहिरो पिडितलाई सहयोग

देशान्तर

काठमाडौ । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा बाढी पहिरो पिडितलाई सहयोग गरेको छ ।
नेपालमा दुःखमा परेको समयमा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले बिभिन्न माध्यमबाट बिभिन्न समयमा बाढी पहिरो पिडितलाई सहयोग गरेको कोषाध्यक्ष क्रान्ति आर्याल भण्डारीले बताईन ।
देशका विभिन्न ठाउमा गरी जम्मा रकम ३१६.११ डलर हामीले नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा बिशेष गरी समिति भित्रकै साथीहरूबाट सहयोग रकम उठाई नेपालमा बिभिन्न जिल्लाहरूका बाढीपीडितहरूको दुःखमा सहयोग गरेका थियौ भण्डारीले भनिन् ।

राहत रकम सबन्धित जिल्लाको नेपाली काग्रेस जिल्ला कार्य समिति मार्फत पिडीतहरूलाई उपलब्ध गराईइको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाले म्याग्दी जिल्लाका बाढिपीडितहरूको लागी ८७८.०१ डलर एकलाख चार हजार दुई सय त्रिचालिस रूपयासहयोग गरेको छ । त्यस्तै बझाङ्ग जिल्लाका बाढिपीडितहरूको लागी नेपाली काग्रेस जिल्ला कार्य समिति बझाङ्ग मार्फत (४३४.९८ डलर) पचार हजार दुई सय रकम सहयोग गरेको छ ।


यसैगरी कालिकोट जिल्लाका बाढिपीडितकोहरूको लागी (४३८.९९ डलर ) पचास हजार अन्ठाऊन्न रूपया रकम सहयोग गरेको छ । भने नुवाकोट जिल्लाका बाढिपीडितहरूको लागी नेपाली काग्रेस स जिल्ला कार्य समिति नुवाकोट मार्फत (४३३.९९ डलर ) पचास हजार छ सय पठाएको छ ।


सिन्धुपलाञ्चोक जिल्लाका बाढिपीडितहरूको लागी (८७८.०१ डलर ) को रू १०४,३१२ अक्षररूपी एकलाख चार हजार तीन सय बाह्र मात्र रकम सहयोग गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काग्रेस जिल्ला कार्य समितिलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।