देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवाका कारण डडेलधुराको सक्रिय सदस्यताकाे फाराम पाइएन : मल्ल

देशान्तर

नेपाली काँग्रेस डडेलधुरा सभापति कर्ण मल्लले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेको आरोप लगाएका छन् । गत कार्तिक २८ गतेनै समायोजनको सबै काम पुरा गरेर पार्टी कार्यालयमा बुझाइसकेको भए पनि अहिले क्रियाशिल सदस्यता वितरणका लागि फर्म नदिएको आरोप लगाए ।

पछिल्लो समय सभापति देउवा र जिल्ला सभापति मल्लको समबन्ध राम्रो छैन । जसका कारण देउवाले मल्ललाई क्रियाशिल सदस्यताको फाराम दिन आनाकानी गरिरहेको बताइएको छ । गत असार २७ गते सदस्यता फाराम लिन भन्दै काठमाडौं आएका मल्लले अहिलेसम्म आफूले फाराम नपाएको देशान्तरसँगको कुराकानीमा बताए ।

उनले ‘भने विधि र पद्दति मिचेर सभापति देउवा अघि बढ्नु भएको छ । समायोजन सकेर रिपोर्ट बुझाउने सम्भवतः पहिलो या दोस्रो नम्बरको सभापति भए पनि अझैं सम्म फाराम नपाउँदा जिल्ला फर्कन पाएको छैन ।’