देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुटबल खेलाडीसहित ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

देशान्तर

काठमाडौँ । विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पिसिआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको पुनः पिसीआर परीक्षण गरिने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार पिसिआर परीक्षण गराउनेमा ३४ खेलाडी, आठ अधिकृत र १२ कर्मचारी थिए । एन्फाले आगामी भदौ १ देखि विश्वकप फुटबल छनोट प्रतियोगिताका लागि खेलाडी, अधिकृत र कर्मचारीको कोरोना परीक्षण गराएको हो ।

विश्व फुटबल महासङ्घ ९फिफा० ले भने सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेको छ । फिफाको उक्त निर्णयसँगै हाललाई नेपाली फुटबल टोलीको प्रशिक्षण एन्फाले स्थगन गरेको छ । दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो । नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो । हाललाई एन्फाको बन्द प्रशिक्षण रोकिएको छ ।

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एशियन कपको छनोटका लागि नेपालले प्रशिक्षण गर्न तयारी गरेको थियो । हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ । चाइनिज ताइपेइलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।