देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। महोत्तरी, धुनषा, अछाम र मोरङमा १-१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ९५ पुगेको छ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। उनको उपचारको क्रममा राम जानकी अस्पतालमा साउन २५ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनी क्षयरोग तथा मधुमेहका रोगी रहेको मन्त्रालयले जनाएको छ।

धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीय महिलाको पनि साउन २८ गते मृत्यु भएको छ। उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए। अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको मृत्यु भएको छ। उनको उपचारको क्रममा पाटन अस्पतालमा साउन २८ गते मृत्यु भएको हो। मन्त्रालयका अनुसार उनी मुटुरोगका बिरामी थिए।

यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको साउन २८ गते मृत्यु भएको छ। उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी रहेको मन्त्रालयले जनाएको छ।