देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा आवतजावत सवारी पास बन्द

देशान्तर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो ।

एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।